कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, माघ २
नेपाली बजारमा आज पहेलो धातु अर्थात सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

सुन आज प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ५७ हजार रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाका दरले बढेको छ । चाँदी आज सात सय ६५ रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्