आज मन्त्रिपरिषद् बैठक बस्दै, के हुँदैछ निर्णय ?


 


काठमाडौं, माघ २
प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख तोक्नेलगायतका विषय टुंगो लगाउन सरकारले छलफल तीब्र पारेको छ । यस्तै विषयमा निर्णय गर्न राजनीतिक दलको परामर्शपछि आज साँझ ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।

बेलुका ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा बढी केन्द्रीत हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार अस्थायी राजधानी पहिलो पटक सरकारले तोक्नेछ । स्थायी भने सम्वन्धित प्रदेशसभाले नै तय गर्नेछ। सम्भवतः आजै अस्थायी राजधानी र प्रदेश प्रमुख तोकिने छ ।

दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सहमती हुन नसकेपनि अवस्थामा तीन दिन भित्रै सरकारले प्रदेशको अस्थायी राजधानी र प्रमुख प्रमुख तोक्ने बताउनुभएको थियो ।

प्रकाशित मिति: २ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्