भूकम्पका कारण दुईको मृत्यु


 


पेरू, माघ १
पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् । भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ ।

खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् । आइतबार पेरुमा ७।२ म्याग्निच्युडकोे भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको थियो ।

भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२।१ किलोमिटर गहिराइमा रहेको थियो ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्