जथाभावी फोहोर फाल्नेक्रम रोक्न अपनाइयो नयाँ तरिका, कैद सजाय हुन सक्ने


 


काठमाडौं, माघ १
जथाभावी रुपमा फालिने फोहोर रोक्न काठमाडौं महानगरपालिकाले नयाँ तरिका अपनाएको छ । जथाभावी फोहोर फाल्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले प्रहरी परिचालन गरेको हो ।

प्रहरीले जथाभावी फोहोर फाल्नेलाई पक्राउ गरेर कारवाही गर्नेछ । महानगरपालिकाका ३२ वटै चोकचोकमा खटिएका प्रहरीले फोहोरमैलाको समेत अनुगमन गर्ने महानगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापन ऐनमा जथाभावि फोहोर फाल्नेलाई ५ सयदेखि १ लाखसम्म जरिवाना वा ३ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। अब जथाभावी फोहोर फाल्नेहरु सजायको भागिदार बन्ने छन् ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्