काज किरिया गर्ने पनि रहेनन्


 


बाजुरा, माघ १

चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जगन्नाथ गाउँपालिका–२ हुनी गाउँमा १० जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण हुनी जगन्नाथ गाउँपालिका–४ का काली कामीको परिवारका सबैको मृत्यु भएको छ । आजको राजधानीमा खबर छ ।

प्रभावित क्षेत्रमा पुगेर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका महामारी शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार सो गाउँपालिका वडानम्बर ४ की ६९ वर्षीया काली कामी, उनका ७० वर्षीय श्रीमान् जाड कामी र भाइ ९देवर० ६० वर्षीय काला कामीको मृत्यु भएपछि किरिया बस्नेसमेत घरमा बाँकी रहेनन् । सोही वडाका ६५ वर्षीया रामसरा भण्डारी र वडा नं ४ का ६९ वर्षीया दरवीर बुढाको पनि मृत्यु भएको उनले बताए ।

जगन्नाथ गाउँपालिका हुनीका वडाध्यक्ष कर्णबहादुर विष्टका अनुसार अत्यधिक चिसोका कारण गाउँका ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन विष्ट, ३६ वर्षीया सुपारी विष्ट र ६७ वर्षीया बना विष्टको मृत्यु भएको छ ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्