वाम गठबन्धनले सिट बाँडफाँट टुंग्याउँदै, यस्तो छ आधार


 


काठमाडौं, माघ १

वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि ३ माघमा सिट बाँडफाँट टुंगो लगाउने भएको छ। एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको वाम कार्यदलको बैठकले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरेर ३ माघमा सिट बाँडफाँट टुंगो लगाउने समझदारी गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

बैठकमा सात वटै प्रदेशमा दुवै पार्टीले स्थानीय तह र प्रदेशसभामा जितेको सिट संख्या र राष्ट्रियसभामा जित्न सकिने सिटमा केन्द्रीत रहेर छलफल भएको नेताहरुले जनाएका छन् ।

एमाले अध्यक्ष स्वास्थ्य उपचारको सिलसिलामा थाईल्याण्डको बैंककबाट २ गते फर्किएलगत्तै कार्यदलमा भएको छलफल अवगत गराएर अन्तिम टुंगो लगाउने नेताहरुको तयारी छ । २४ माघका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले कम्तीमा ४० सिट जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ ।

६ सदस्यीय कार्यदलमा एमालेबाट सुवास नेम्बाङ र माओवादी केन्द्रबाट रामबहादुर थापा बादल संयोजक छन् । त्यस्तै, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन र मातृका यादव कार्यदल सदस्य छन् ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्