एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ, कहिले फर्कदैछन् नेपाल ?


 


फाइल तस्बिर

काठमाडौं, पुस ३०
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।

‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले रासससँग भन्नुभयो–‘‘उहाँको  स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ ।

निर्वाचनको दौडघुपका कारण चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बैंकक जानु भएको हो ।

उहाँ यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैकक जानुभएको हो । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो । रासस

प्रकाशित मिति: ३० पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्