खप्तड गोल्डकपको उपाधिका लागि एपीएफ र आर्मी भिड्दै


 


धनगढी, पुस ३०
दोस्रो संस्करण अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका छन् । सोमबार दिउ“सो धनगढी रंगशालामा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमीफाईनलमा घरेलु टोली सुदूरपश्चिम ११ लाई स्तव्ध पार्दै एपीएफए फाईनलमा पुगेको हो । खेलको पहिलो हाफमा घरेलु टोली सुदूरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवावमा राखेपनि दोस्रोमा भने निहिर बन्यो । दोस्रो हाफमा भने एपीएफले दुई गोल गर्न भ्यायो ।

एपीएफका लागि पहिलो गोल अन्जन विष्टले ५७ औ मिनेटमा गरे भने त्यसको १९ औँ मिनेटमा एपीएफकै नविन लामाले गोल गर्दै अग्रता दोव्वर बनाए । सुदूरपश्चिमका खेलाडीको थ्रोलाई खोसेर लामाले काउन्टर अट्याक गर्दै आफ्नो टीमका लागि गोल गरेका हुन् । एपीएफका नवीन लामा खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । उनले नगद १० हजार हात पारे ।

यो सिजनमा भएको पा“च वटा नकआउट फुटबल प्रतियोगिताको उपाधिमध्ये आर्मीले तीन वटा उपाधि रक्षा गरेको छ । सेमीफाईनलबाट घर फर्किएको मनाङले दुई वटा उपाधि जित्दा विभागीय टीम एपिएफ भने उपाधि विहीन रहेको छ । तर विभागीय टीम तीन पटक फाईनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।

सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल प्राप्त गर्नेछ ।

प्रकाशित मिति: ३० पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्