कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, पुस ३०
साताको पहिलो दिन (आईतबार) आज नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

सुन आज प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ५६ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज १० रुपैयाका दरले बढेको छ । चाँदी आज सात सय ६० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्