कक्षा ११ को रिजल्ट ग्रेडिङमा सार्वजनिक


 


काठमाडौं, पुस २९
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले अहिले भर्खरै नतिजा सार्वजनिक गरेको हो ।

परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक भएको हो । बोर्डले परीक्षा भएको सात महिनापछि नतिजा सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटक सरेको कक्षा ११ को परीक्षा गत असार १ गतेदेखि भएको थियो ।

प्रकाशित मिति: २९ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्