कक्षा ११ को नतिजा आउँदै, यसरी हेर्नुस् आफ्नो रिजल्ट


 


काठमाडौं, पुस २९
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा भएको करिब सात महिनापछि आज दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड छ ।

परीक्षा गत असार १ गतेदेखि भएको थियो । स्थानीय तहको निर्वाचनका कारण पटक पटक परीक्षा सरेको थियो ।

परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गर्ने परीक्षा बोर्डले जनाएको छ । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

परीक्षाको नतिजा यहाँ क्लिक गरेर हेर्नुहोला

प्रकाशित मिति: २९ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्