भोजपुरमा किन मागियो गृहमन्त्रीको राजिनामा ?


 


ramsing raiभोजपुर, भदौ २
संघीय समाजवादी फोरम नेपाल भोजपुरले गृहमन्त्री बामदेव गौतमको राजिनामा माग गरेको छ । बुधबार भोजपुर सदरमुकाममस्थित फोरमको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दे निहत्था नागरिकको हत्या गर्न गृहमन्त्रीले निर्देशन दिएको भन्दै राजिनामाको माग गरेको हो ।

मंगलबार सप्तरीको भारदहमा गोली लागी ज्यान गुमाएका राजीव राउतलाई सहिद घोषणा गर्न फोरमले माग राखेको छ । मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार गर्न समेत फोरम नेपाल भोजपुरको माग छ ।

मधेस बन्दको शान्तिपुर्ण आन्दोलनलाई निस्तेज पार्न गृह प्रशासन लागेको फोरम नेपालका केन्द्रिय सदस्य रामसिंह राईले आरोप लगाए । गृह प्रशासन लगाएर हाम्रो आन्दोलन दबाउन खोजिएको छ, राईले भने न्याय प्राप्तिको यो लडाँईमा थप एकजुट भएर लड्नेछौं ।

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्