१० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिँदै


 


काठमाडौं, पुस २९
निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ ।

सरकारले स्वेच्छिक अवकाशको तयारी गरेपछि ८ देखि १० हजार कर्मचारीले निर्वत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए ।

निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकंलन गरिउएको छ ।

सरकारी सेवामा ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ । नेपाल समाचारपत्र

प्रकाशित मिति: २९ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्