माइती घर हिँडेकी महिला मृत फेला


 


खोटाङ, पुस २९
माइती घर हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ५२ वर्षीया निम्दु तामाङ मृत फेला परेकी छन् ।

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माइती घर जानेक्रममा बुधबारदेखि बेपत्ता भएकी तामाङ तीन दिनपछि शुक्रबार मृत फेला परेकी हुन् ।

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा वडा नं १ राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

प्रकाशित मिति: २९ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्