घुससहित वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ


 


काठमाडौं, पुस २८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ ।

श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्