अन्ततः फिर्ता भए माओवादी मन्त्री


 


काठमाडौं, पुस २८

विनाविभागीय मन्त्री भएको लामो समयपछि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएकोक छ । माओवादीबाट मन्त्री बनेकाहरु तीन महिनाबढी विना विभागीय मन्त्री थिए ।

उनिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्रीबाट फिर्ता भएको पत्र बुझाएका छन् । हिजो नै मन्त्रीबाट फिर्ता हुने माओवादी तयारी भए पनि एक दिन पछाडि सरेको हो ।

माओवादी पार्टीको निर्णय अनुसार सरकारबाट फिर्ता हुने अध्यक्ष प्रचण्डको पत्रसहित मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा गएको माओवादीले २०७४ असोज १७ गते एमालेसँग पार्टी एकता गर्ने गरी वाम गठबन्धन बनाएपछि देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।

माओवादी केन्द्रले उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरीराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साहलाई मन्त्री र राज्यमन्त्रीमा मोहमद जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पालाई सरकारमा पठाएको थियो ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्