विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ : पोखरेलले


 


काठमाडौं पुस २८
सरकार छाडेको पत्र प्रधानमन्त्रीलाई बुझाएपछि माओवादी नेता गिरिराजमणि पोखरेलले घोषणा गरे- ‘विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ ।’

पोखरेल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए । माओवादीका मन्त्रीहरु ८६ दिन विना विभागीय भए ।

एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए । देउवाले ३१ असोजमा नै नौ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए ।

तर, माओवादी आम चुनाव भएर नयाँ सरकार गठन गर्ने बेलासम्म सरकारमा बसिरहृयो ।

शुक्रबार सरकार छाड्दा पोखरेलले आफूरुले व्यक्तिगत रुपमा पारिश्रमिक नलिने निर्णय लिएको बताए ।

पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई पनि विनाविभागीय हुँदाको पारिश्रमिक नलिने प्रस्ताव आफूले राखेको उनले सुनाए । पोखरेलले भने, ‘यसमा प्रभाकरजी पनि सकारात्मक हुनुहुन्छ ।’

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्