तयार भयो हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान


 


मकवानपुर, पुस २८
मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो ।

मैदान तयार हुन २ बर्ष लागेको आयोजकले जनाएका छन् । करिब ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्याकसमेत निर्माण भएको छ ।

सरकारी बजेटमा निर्माण भएको यो क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबीनै क्रिकेट प्रतियोतिा र अभ्यास गर्नु बाध्यता थियो । तर अव त्यस्तो बाध्यता हटेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

उनका अनुसार हुप्रको १४० मिटर लम्बार र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो ।

क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेको छ ।

क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको समिति अध्यक्ष तिमल्सिनाले बताए ।

मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन । करिब चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन ।

बजेटको अभावमा म्याराथुन ट्र्याकलाई पूर्णता दिन नसकिएको एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डेले बताए ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्