बञ्चरो प्रहार गरी सौताले गरिन सौताको हत्या


 


रुकुम, पुस २८
सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् ।

बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी भरतबहादुर विकले जानकारी दिए ।

चन्दको खोजी र थप अनुसन्धान भइरहेको उनको भनाइ छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्