माधव नेपाल अचानक किन गए बंगलादेश ?


 


काठमाडौं, पुस २७
नेकपा (एमाले) का नेता माधवकुमार नेपाल बंगलादेश गएका छन् ।

बंगलादेश मजदुर पार्टीको निमन्त्रणमा आयोजना हुने दुईदिने आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान बैठकमा सहभागी हुन नेता नेपाल विहिबार बंगलादेश प्रस्थान गरेका हुन् ।

ढाकामा हुने बैठक शुक्रबार र शनिवार चल्नेछ । बैठकमा नेपाल सहित नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी हुनुभएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।

बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ ।

बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । नेता नेपाल यही माघ १ गते स्वदेश फर्कन कार्यतालिका छ ।

प्रकाशित मिति: २७ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्