भोलि सार्वजनिक बिदा


 


काठमाडौं, पुस २६
सरकारले भोलि (बिहिबार) सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले बिहिबार सार्वजनिक बिदा दिएको हो ।

भोलि नेपाल राज्यभरका सबै सरकारी कार्यालय एंव विदेशस्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि २०६३ देखि अघिल्लो सालसम्म उक्त बिदा कटौती गरिएको थियो ।

प्रकाशित मिति: २६ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्