काठमाडौं महानगरबासीलाई खुसीको खबर : विद्यासुन्दरले गरे यस्तो घोषणा


 


काठमाडौँ, पुस २६
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई सुरक्षित भवन निर्माण गर्दा लाग्ने लागत बराबरको सहुलियत दिई प्रोत्साहन गर्ने नीतिमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठकमा उहाँले विगतबाट पाठ सिक्दै नागरिकले सुरक्षित भवन निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभयो ।

प्रमुख शाक्यले सुरक्षित भवन निर्माणका लागि कामपाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकले २० औँ भूकम्प सुरक्षा दिवसका अवसरमा माघ २ गते ११ बजे भूगोल पार्कमा स्मृति सभा गर्ने निर्णय गरेको छ ।

सोही दिन १२ बजे जुद्ध शालिकबाट शुरु हुने ¥यालीले भित्री शहरी क्षेत्रको करिब तीन किलोमिटर परिक्रमा गरेर दिउँसो १ बजे वसन्तपुरको जुद्ध बारुणयन्त्र कार्यालय परिसरमा मूल समारोह हुनेछ ।

¥याली जुद्ध शालिकबाट शुरु भएर, ओमबहाल, लगन, ब्रह्मटोल, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, यट्खा हुँदै नरदेवीतर्फ जानेछ । त्यसपछि नरदेवीबाट किलागल, भेँडासिंह, इन्द्रचोक हुँदै बसन्तपुर पुग्नेछ ।

यस वर्ष भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ तय गरिएको छ ।

यस वर्ष काठमाडौँ महानगरका प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको छ ।

प्रकाशित मिति: २६ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्