ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


 


काठमाडौँ पुुस २६
काठमाडौमा गएराति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

राति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना ५ ख १६४३ नंको ट्रकमा बा ३० प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर मृत्यु भएको जानकारी दिनुभयो ।

ट्रकमा ठोक्किएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: २६ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्