एमाले अध्यक्ष ओली आज बैंकक जाँदै, को-को छन् टोलीमा ?


 


काठमाडौँ, पुस २६
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ ।

उहाँ बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानु हुनेछ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ ।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहाँ बंैकक जानुहुने भएको हो ।

निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उहाँ जान सक्नुभएको थिएन ।

स्वास्थ्य परीक्षण गराई उहाँ माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: २६ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्