पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा


 


काठमाडौँ, पुस २५
सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ ।

सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ ।

विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो ।

प्रकाशित मिति: २५ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्