स्वेच्छिक अवकाश लिने कर्मचारीले यसरी पाउने भए रकम


 


काठमाडौं, पुस २५
कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन् ।

अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्ने व्यहोराको सहमतिपत्र आइतबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।

सबै कर्मचारीले एकै पटक अवकाश लिएमा ४० देखि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयले दुई किस्तामा रकम दिने सहमति जनाएको हो ।

समान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयसँग सहमतिका लागि पत्र पठाएको दुई सातापछि आइतबार अर्थले सहमति दिएको छ ।

स्वेच्छिक अवकाश लिने कर्मचारीलाई चालु आर्थिक वर्षको अन्तिममा एक तिहाई र बाँकी दुई तिहाई रकम आउँदो आर्थिक वर्षको पहिलो चौमासिकमा दिने सहमति अर्थ मन्त्रालयले दिएको छ ।

कर्मचारी समायोजन ऐनको प्रावधान बमोजिम २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पूरा भएका कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् ।

ऐनको प्रावधान बमोजिम स्वेच्छिक अवकाश लिन पाउने कर्मचारीको संख्या २२ हजार रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । नागरिक दैनिक

प्रकाशित मिति: २५ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्