जब प्रा डा गोविन्द केसीलाई प्रहरीले यसरी पक्राउ गर्याे…


 


काठमाडौँ, पुस २४
प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ ।

आजदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गर्नुभएका प्रा डा केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो ।

प्रा डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै अवहेलनाको मुद्दामा प्रा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: २४ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्