फेरी अनशनको तयारीमा किन छन् केसी ? यस्तो छ कारण


 


काठमाडौं,पुस २४
डा.गोविन्द केसीले १४ औं पटक अनशनको तयारी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले त्यसको विरोधमा अनशन अनशन बस्ने तयारी गरेका हुन् ।

डा केसीले आफ्नो अनशन बारे आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

शर्मालाई कानुन विपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो ।

शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनशनमा उत्रिन लागेका हुन् ।

शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २६ गते नियुक्त गर्ने निर्णय थियो । निर्णयको पर्सिपल्ट उनी नियुक्त भएकाले चारवर्षे कार्यकाल आगामी बुधबार सकिँदैछ।

सर्वोच्चले ४ दिन कार्यकाल बाँकी भएका शर्मालाई बहाल हुन चाहेमा बहाल हुनु भनी आदेश दिनुका साथै तत्कालीन डिन राकेश श्रीवास्तवको नियुक्तिसमेत बदर गरिदिएको छ ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए । त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेका थिए।

प्रकाशित मिति: २४ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्