अयोधि यादवले मतपरिणाम सार्वजनिक नगर्नुको रहस्य खुल्यो, यस्तो छ कारण


 


काठमाडौं, पुस २४
प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आफ्नो ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् ।

संविधानतः दोहोर्‍याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादबले सम्मानजनक व्यवस्थापनको खोजी गरेका खुल्न आएको छ ।

२०७५ चैत्र १० सम्म कार्यकाल भएका डा. यादबले निर्वाचन सम्पन्न गराएको भन्दै सम्मानजनक व्यवस्थापन खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलाई भएको श्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट श्रोतका अनुसार डा. यादबले सम्मानजनक व्यवस्थापनसम्मको जिम्मेवारी दिएर निर्वाचन सम्मन्न गराएको योगदानको सम्मानसमेत गर्नुपर्ने इच्छा देखाएका छन्। नागरिक दैनिक

प्रकाशित मिति: २४ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्