राजेन्द्र राईको उद्घोष : ‘जबजको च्याप्टर क्लोज हैन सार्थकता बढेको छ’


 


काठमाडौं, पुस २२
नेकपा (एमाले) का केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज) को च्याप्टर क्लोज भएको भन्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।

भोजपुर प्रदेश सभा १ बाट निर्वाचित सांसद समेत रहेका राई भन्छन्–जबजको च्याप्टर क्लोज हैन सार्थकता बढेको छ ।

प्रतिनिधी तथा प्रदेश सभामा भोजपुरबाट निर्वाचित वाम गठबन्धनका सांसदहरुलाई भोजपुर काठमाण्डौं वाम गठबन्धन सम्पर्क मञ्चले शनिबार काठमाण्डौंमा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै एमाले नेता राईले कतिपयले जनताको वहुदलीय जनवादको सार्थकता सकिएको भनेर गलत हुइया फैलाएको बताए ।

उनले भने जबजको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको क्रान्तिपछिको व्यवस्था पनि बहुदलीयता हुनेछ । वर्ग रहेसम्म वर्गीय खालको पार्टीहरु हुनेछ, विचार रहनेछ ।

त्यसो हुँदा क्रान्तिपछि वलपूर्वक शासन गर्ने हैन, जव वर्ग रहन्छ, वर्ग अनुसारको पार्टी रहन्छ त्यसलाई वल पूर्वक क्रान्ति हामीले गरेको नाममा अर्काे पार्टीलाई दमन गर्ने होइन, त्यतिबेला अर्काे पार्टी खोल्न दिनुपर्छ र विचारको आधारमा कामको आधारमा श्रेष्ठता हासिल गरेर जनताको मत प्राप्त गरेर हामीले शासन गनुपर्दछ यो नै जबजको महत्वपूर्ण पक्ष हो ।

उनले शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्नु र क्रान्तिपश्चात पनि समाजमा वर्ग रहेसम्म वर्गीय पार्टी र विचार रहने कुरा जवजको प्रमुख विशेषता रहेको बताए ।

कम्युनिष्टहरुले पार्टी एकता र फुटको लामो पाठ सिकिसकेकाले अब गहन छलफल गरेर विगतका असहमतिलाई थाँती राखेर वा विर्सिएर आजको धरातलमा रहि नयाँ शिराबाट एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्ने मा उनको जोड थियो ।

पार्टी एकता लामो छलफल र बहसपछि गर्नुपर्ने भन्दै राईले भने पार्टी एकता पहिले सरकार गठन गर्नुपर्छ ।

यतिबेला एमालको मार्गदर्शक सिद्धान्त जबजका बारेमा तिब्र बहस भइरहेको छ भने राईले पनि यसमा भाग लिएका छन् । राई जबजको पक्षमा रहेको स्पष्ट हुन्छ ।

एमालेको आन्तरिक राजनीतिमा माधव नेपाल पक्ष भनेर चिनिएका राईको जबज पक्षमा लिएको अडानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यही समूहभित्रका पूर्व मालेको टिमले भने जबजको च्यााप्टर क्लोज भएको बहस चलाउँदै आएको छ । नेपाल पक्षकै पूर्व माले बाहेकको टिमले भने जवजकै पक्षमा बहस गर्दे आएका छन् ।

प्रकाशित मिति: २२ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्