चिसो झन-झन बढ्दै, मौषम कहिलेबाट तातो हुन्छ ?
काठमाडौं, पुस २२
चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ । जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ ।
शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो बर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ ।
महाशाखाले चिसो अझै बढ्न सक्ने बताएको छ । चिसो मौसमका कारण हुने रोगले जनजीवन प्रभावित हुन थालेको छ ।
चिकित्सकले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन् । अझै मौषम तात्न केही समय लाग्ने बताइएको छ ।
प्रकाशित मिति: २२ पुस २०७४, शनिबार