भारतीय राष्ट्रपतिकी श्रीमतिको निधन


 


rastpatiनयाँदिल्ली, भदौ १

भारतका राष्ट्रपति प्रणव मुखर्जीकी श्रीमति सुव्रा मुखर्जीको निधन भएको छ। ७४ वर्षको उमेरमा मंगलबार बिहान १० बजेर ५१ मिनेटमा उनकाे निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई गत ७ अगस्टमा भारतको सैनिक अस्पताल भर्ना गरिएको थियो। उनलाई हृदयघात पनि भएको थियो।

सुव्रा मुखर्जीको जम्म बंगलादेशस्थित जसौरमा १७ सेप्टेम्बर १९४० मा भएको थियो। १३ जुलाई १९५७ मा उनको विवाह प्रणव मुखर्जीसँग भएको थियो। राष्ट्रपति मुखर्जी दम्पतीको दुई छोरा र एक छोरी छन्। सुव्रा रविन्द्र संगीतकी गायिका र पेन्टरसमेत थिइन्। उनका दुई पुस्तक प्रकाशित छन्।

प्रकाशित मिति: १ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्