कुलोमा शिशुको शव फेला


 


भक्तपुर, पुस २१
मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ ।

राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।

बिहान नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्