राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने


 


काठमाडौं, पुस २१
राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसअघि आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि निर्णय गर्ने बताइएको थियो ।

तर त्यसबारेमा कुनै निर्णय नभएको मन्त्री कार्कीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा चुनावको मिति तोक्ने विषयमा मात्रै छलफल भएको थियो ।

यसअघि निर्वाचन आयोगले पनि माघ २४ या २५ मा निर्वाचनको मिति तय गर्न सुझाव दिएको थियो ।

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्