गुम्बा निर्माणमा सात करोड ५० लाख संकलन


 


पोखरा, पुस २१
पोखरा-लेखनाथ महानगरपालिका-१० रामघाटस्थित बौद्ध अघौं सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म सात करोड ५० लाख संकलन भएको छ ।

चालीस वर्षअघि बनेको सानो गुम्बा जीर्ण र साँगुरो हुनुका साथै बारम्बार आएका भूकम्पले क्षतिग्रस्त वनाएकाले झण्डै दश करोडको लागतमा नयाँ गुम्बा निर्माण गर्न लागिएको उक्त दनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।

संकलन भएको अधिकांश रकम स्वदेश तथा विदेशमा बस्ने गुरुङ समुदायबाट प्राप्त भएको र त्यसबाट गुम्बाको एक ढलान गरिसकिएको उहाँले बताउनुभयो ।

गुम्बा निर्माणका लागि अन्य बौद्ध धर्मावलम्बी ताङ्गवे, थकाली, तामाङ, ह्याल्मो र मगर समाजले पनि सहयोग गरेका छन् ।

बुद्धको मूर्ति बनाउन पोखरा-लेखनाथ-८ न्यूरोड निवासी हर्कबहादुर गुरुङले २३ लाख, विशिष्ट बुद्ध गुरु बस्ने अतिथिगृह निर्माणका लागि रामघाट निवासी विजय गुरुङले १० लाख सहयोग गर्नुभएको छ ।

गुम्बा निर्माणका लागि भूकम्प पुनः निर्माण प्राधिकरणबाट ८२ लाख सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्