फेरी बढ्यो सुनको भाउ ,कति पुग्यो आज ?


 


काठमाडौं, पुस २१
साताको अन्तिम दिन आज (शुक्रवार) सुनको भाउ चार सय रुपैयाँले फेरी बढेको छ ।

आज सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो ५५ हजार ८ सय रुपैयाँमा प्रतितोला सुनको कारोबार भएको थियो ।

त्यस्तै  चाँदीको मूल्य भने ५ दिनदेखी स्थिर रहेको छ ।

आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्