प्रधानमन्त्री बन्नु अघि नै ओलीलाई यस्तो छ सुरक्षा


 


काठमाडौं, पुस २१
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा हेर्न थालिएको छ ।

नेपाल प्रहरीले समेत अहिले अध्यक्ष ओलीलाई प्रधानमन्त्री सरहको सुरक्षा प्रदान गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

यसअघि भने अध्यक्ष ओलीका लागि प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा दिँदै आएको थियो ।

प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईलाई पठाइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपी कमान्डमा नै हुँदै आएको छ। प्रधानमन्त्रीको सुरक्षाको कमान्ड डिएसपी कोमल शाहले लिइरहेका छन् ।

अध्यक्ष ओलीको सुरक्षामा अहिले नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरीको तर्फबाट भने प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरेका छन् ।

भावि प्रधानमन्त्रीको रुपमा हेरिएको र सुरक्षा चुनौती बढेकाले डिएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका एक अधिकृतले बताए।

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्