समानुपातिकतर्फ प्रदेशसभामा कांग्रेसबाट केही थपिए केही हटे, अन्तिम सूची यस्तो छ


 


काठमाडौं, पुस २१
नेपाली कांग्रेसले प्रदेशसभा सदस्य तर्फ समानुपातिक सूचीको नाम सच्याएर पठाएको छ । पुस १४ गते बुझाएको सूचीमा त्रुटी भेटिएपछि आयोगले सच्याउन तीन दिनको सीमा दिएको थियो ।

समानुपातिक सूचीमा अटेर पनि नाम हटेका नेताहरु प्रदेश नम्बर १ बाट ताप्लेजुङकी सीतादेवी पौडेल र सुनसरीका टेकचन्द्र विश्वास हुन् । पौडेलको ठाउँमा शान्ता पौडेल र विश्वासको ठाउँमा कल्पनाकुमारी सरदारलाई राखिएको छ।

यता प्रदेश २ बाट बाराकी सल्मा खातुनलाई हटाएर शोभा लामालाई राखिएको छ । प्रदेश ५ बाट रुपन्देहीकी सूर्यमती उपाध्यायलाई हटाएर शान्तिदेवी बर्मा सोनारको नाम पेश गरेको छ ।

यस्तो छ अन्तिम सूची

प्रदेश १

प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला, शान्ता पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, कल्पनाकुमारी सरदार, ओम सराबगी, अनिताकुमारी साबू

प्रदेश २

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, शोभा लामा

प्रदेश ३

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली

प्रदेश ४

मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, शान्तिदेवी बर्मा सोनार, याकुब अन्सारी

प्रदेश ६

यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक

प्रदेश ७

गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्