चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द


 


रुकुम, पुस २०
जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ ।

चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् ।

चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षकहरूको भनाइ छ ।

गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५ गतेदेखि सञ्चालन हुने बताइएको छ ।

विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।

प्रकाशित मिति: २० पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्