सुनचाँदीको मूल्य कती छ आज ?


 


काठमाडौं, पुस २०
नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने ४ दिनदेखी नेपाली बजारमा एउटै दरमा बिक्री भईरहेको छ ।

चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्