काठमाडौ महानगरले चारपांग्रे सवारी साधनलाई रोक लगायो, कहाँ-कहाँ चलाउँन पाइदैन ? हेर्नुहोस्


 


काठमाडौँ, पुस १९
काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ ।

कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासिक र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताउनुभयो ।

शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ वडाहरुमा सवारी निषेध गर्न लागिएको हो ।

बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले यस्तो निर्णय गर्नु परेको हो ।

इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमा चारपांग्रे गाडीलाई निषेध गर्ने र उनीहरुका लागि अन्य विकल्प पनि खोजिने जानकारी दिइएको छ ।

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिनेछ ।

आगामी माघ २ गतेदेखि यस किसिमको नियम लागू बताइएको छ । रासस

प्रकाशित मिति: १९ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्