भोजपुर–दिङ्ला—सतिघाट बससेवा सुरु, कति छ भाडा ?


 


भोजपुर, पुस १९
भोजपुर–दिङ्ला हुँदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म आजदेखि बस सेवा सुरु गरिएको छ ।

सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकको निर्णयअनुसार दिनको दुई समय बस सञ्चालन गर्ने गरी आजदेखि सेवा सुचारु गरिएको बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो ।

भोजपुरबाट—दिङ्लासम्मको रु ३२५ र दिङ्लाबाट सतीघाटको लागि रु १२० भाडासमेत निर्धारण गरिएको छ ।

भोजपुरबाट दिङ्लासम्मको दूरी ३९ किलोमिटर छ भने दिङ्लाबाट सतीघाटसम्मको दूरी ११ किलोमिटर रहेको छ ।

यसअघि दिङ्ला–भोजपुर सडकखण्डमा ट्याक्सी मात्र सञ्चालनमा आउने गरेको थियो । बस सञ्चालनमा आएपछि यहाँका सर्वसाधारण निकै हर्षित भएका छन् ।

प्रकाशित मिति: १९ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्