गाडीको ठक्करबाट चितुवाको मृत्यु


 


बाँके, १९ पुस
बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख २९७४ नंको हाइस माइक्रोबसले बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका-१ बाघखोरमा हाइसले चितुवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक पारगर्ने बेलामा तीव्र गतिमा रहेको हाइसले चितुवालाई ठक्कर दिएको हो ।

बाक्लो हुस्सु लागेका कारण जनावरले बाटो पार गर्दा सवारीसाधनको शिकार हुने गरेका छन् । निकुञ्जले वन्यजन्तुको क्षेत्रमा सवारीसाधन सीमित गतिमा चलाउन अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति: १९ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्