रहस्यमय मृत्यु भएका मजदूरको सनाखत


 


पोखरा, पुस १९

पोखरा-लेखनाथ महानगरपालिका-१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ ।

मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो । मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी होसमा आएको प्रहरीले जनाएको छ ।

चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुईजनाको मृत्यु, एक घाइते र एक बेपत्ता भएका थिए । बेपत्ताको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

प्रहरीले अनुसन्धानका लागि केही मजदूरलाई नियन्त्रणमा लिएको छ । मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा लगिएको छ ।

प्रकाशित मिति: १९ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्