कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु : नेता लामा


 


काठमाडौँ, पुस १८
हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) हुम्ला-काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सडकको सुविधा नभएकाले सिमीकोट-कर्णाली करिडोर सडकखण्ड निर्माण पूरा भएपछि त्यहाँको विकास र समृद्धि हुने बताउनुभयो ।

स्थानीय स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि बाटोको अभावमा कृषि, जडीबुटी र बागवानीलाई बजार पुर्याउन नसकिएको बताउँदै उहाँले स्थानीयवासीले विभिन्न समयमा खाद्य संकट व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेश (ख)बाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाका रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी गराउनुभयो ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्