आगलागीमा एकै परिवारका दशको जलेर मृत्यु


 


अफगानिस्तान, साउन ३२

अफगानिस्तानको हेरात प्रान्तमा सोमबार एक घरमा भएको आगलागीमा परी एकै परिवारका दश व्यक्तिको जलेर मृत्यु भएको  छ। घटनाको अनुसन्धान गरिरहेको प्रहरीबाट प्रारम्भिक रुपमा प्राप्त समाचार अनुसार रातभर घरमा भएको ग्यास चुहावटपछि सो आगलागी भएको पाइएको छ ।

 ग्यास चुहावटपछि भएको यस आगलागीमा परेका व्यक्तिहरु अत्यन्त विभत्स रुपमा जलेको अवस्थामा पाइएको हेरात अस्पतालले जनाएको छ। सो अस्पतालका प्रवक्ता मोहमद रफिकले सिन्ह्वा समाचार समितिलाई दिएको समाचारअनुसार सो आगलागीबाट उक्त घरको परिवारका सबै जना सदस्य पूरै जलेर डल्लो परेको अवस्थामा पाइएका थिए ।

 यस दुःखद घटनामा परी ज्यान गुमाउनेमा चार महिला, तीन पुरुष र तीन बालबालिका रहेका अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा रहेको हेरात सहरमा अवस्थित यो भवन पनि जलेर पुरै ध्वस्त हुन पुगेको पनि सो समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्