घिमिरेलाई मेवार विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि


 


काठमाडौँ, पुस १८
अनुसन्धानकर्ता मायानाथ घिमिरेले भारतको राजस्थानस्थित मेवार विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि पाउनुभएको छ ।

‘चितवन र मकवानपुर जिल्लाका तीन वर्षदेखि पाँच वर्षसम्मका चेपाङ बालबालिकामा पोषणको अवस्था’ विषयमा घिमिरेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधी उपाधि पाउनुभएको हो ।

उहाँले सन् २०१३ देखि २०१७ सम्म चार वर्ष लगाएर उक्त क्षेत्रको एक हजार २५० बालबालिकाको पोषणको अवस्थाबारे अध्ययन अनुुसन्धान गरी उक्त शोध तयार गर्नुभएको थियो । घिमिरेले यही शनिबार भारतको मेवार विश्वविद्यालयबाट उक्त उपाधि लिनुभएको हो ।

लमजुङ बेँसीशहरका घिमिरेले सो अध्ययनभित्र बालबालिकाको बाबुआमाको आयस्तर तथा सामाजिक चालचलनले कस्तो प्रभाव पर्दछ भन्नेमा समेत अध्ययन गर्नुभएको थियो । उहाँका अमेरिकी, भारतीय र नेपाली विभिन्न जर्नलमा समेत लेखहरु प्रकाशित छन् ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्