माओवादी केन्द्रको बैठक बस्दै, के–के गर्देछ निर्णय ?


 


काठमाडौँ, पुस १८
मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज अपराह्न १३ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्