ओलीको नजरमा सन् २०१८ कस्तो हुन्छ ? यस्तो छ नयाँ खुलासा


 


काठमाडौँ, पुस १७
नेकपा (एमालें) का अध्यक्ष केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष २०१८ का अवसरमा स्वदेश तथा विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

ओलीले भनेका छन्- निर्वाचनको सफलतासँगै नेपाली जनताले वर्षौंदेखि प्रतीक्षा गरेको विकास र समृद्धिको सपना अब प्राप्ति हुने मार्गतिर हामी डोरिएका छौं ।

ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको आज शुभकामना दिँदै नेता ओलीले अब देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमिएको उल्लेख गर्नुभएको छ ।

उहाँले सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ वर्ष हुने पनि बताउनुभएको छ । रासस

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्