छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु


 


धुलिखेल, पुस १७
काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा ३ ख ५९५५ नंको यात्रुबाहक बसले सोही बसबाट झर्दै गर्दा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका-१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

बसबाट झर्दै गरेको अवस्थामा तामाङलाई बसले किचेर घाइते बनाएको र धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उहाँको मृत्यु भएको थपलियाले बताउनुभयो ।

त्यस्तै पाँचखाल नगरपालिका-८ खावामा आइतबार बेलुका धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७१ प २०१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना१ज १८८४ नंको सुमो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर जिल्ला टीकाथली नगरपालिक-४ का विनय देउजाको मुत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा आज बिहान २३ वर्षीय देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही क्रममा मोटरसाइकलको पछाडि सवार २३ वर्षीया अमिता आचार्य घाइते भएको र उहाँको टाउकामा चोट लागेको जनाएको छ । उहाँको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्